समाचार
भ्रमणको सिलसिलामा सगरमाथा आधार शिविरमा पुगेका अमेरिकन नागरिकको फर्कने क्रममा लडेर मृत्यु
सोलुखुम्बु – सोलुखुम्बुमा एकजना अमेरिकन नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षका अमेरिकन नागरिक क्रिस्टोफर बेन्डन रहेका छन् ।भ्रमणको सिलसिलामा सगरमाथा आधार शिविरमा पुगेका उनको फर्कने क्रममा लडेर मृत्यु भएको हो ।

सोलुखुम्बु प्रहरीका अनुसार उनको खुम्बुपासाङल्हामु गाउँपालिका–३ को फाक्दिङमा लडेर मृत्यु भएको हो ।मृत्यु भएका उनको कानुनी प्रक्रिया पूरा गरेरे शव काठमाण्डौको शिक्षण अस्पताल लगिने प्रहरीले जनाएको छ ।
