समाचार

विप्लवको बन्द : राजमार्ग सुनसान, काठमाडौंमा बन्दको प्रभाव परेन

५ वैशाख, काठमाडौं । विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।

काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्वाध चलिरहेका छन् 
देशकै प्रमुख लाइफ लाइन पृथ्वी राजमार्गमा बन्दको प्रभाव देखिएको छ । यो खण्डमा बिहानैदेखि सवारी साधन चलेका छैनन् । मुग्लिन प्रहरीका अनुसार, निजी सवारी साधन फाट्टफुट्ट चलेको देखिए पनि बसलगायतका सार्वजनिक गाडी गुडेका छैनन् ।

दोलखाको चरिकोट बजारमा पनि बन्दको प्रभाव परेको छ । बस नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।

बन्दले प्रदेश ५ को जनजीवन पनि प्रभावित भएको छ । प्रदेश ५ का मुख्य राजमार्गमा बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् । निजी सवारी साधनहरु भने न्यून संख्यामा चलेका छन् । मुख्य बजार क्षेत्र बन्द छन् । भित्री सडकका पसलहरु फाट्टफुट्ट खुलेका छन् । शिक्षण संस्थाहरु पनि बन्द छन् । प्रदेश ५ का बाह्रवटै जिल्लाका लागि बस जीप छुट्ने बुटवलको लुम्बिनी बस टर्मिनलबाट सवार्वजनिक सवारीसाधनहरु चलेका छैनन् ।

बम र शंकास्पद वस्तुले जनजीवन त्रस्त

पाल्पामा त बम विस्फोट नै भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका कार्यालय भवनमा बम विस्फोट भएको हो । प्रहरीका अनुसार, विस्फोटबाट भवनमा क्षति पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *