समाचार

जेलमा रहेका कैदी शरिफ र उनकी छोरीलाई छन् यस्ता सुविधा

इस्लामाबाद, ३१ असार । स्वदेश फर्के लगत्तै शुक्रवार राति विमानस्थलबाटै पक्राउ गरी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई जेल चलान गरिएको छ। भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा दोषी ठहर भर्इ शरिफले १० वर्ष जेल सजाय पाएका छन् भने मरियमलाई सात वर्षको जेल सजाय सुनाइएको छ।
अधिकारीहरूका अनुसार स्वास्थ्य परीक्षण गरिएपछि बुवाछोरीलाई छुट्टा-छुट्टै जेल पठाइएको थियो । नाम उल्लेख नगर्ने शर्तमा रावलपिण्डीस्थित अडियाला जेलका एक अधिकारीले अरू कैदीसरह शरिफ र मरियमले पनि कैदीको पोशाक लगाउनुपर्ने हुन्छ।

उनका अनुसार जेलमा नियमित बाहेक अरू सुरक्षा निकायका अधिकारीहरूलाई पनि खटाइएको छ। शरिफ र मरियमले चाहेमा कैदीको पोशाक आफैँले पनि बनाउन लगाउनसक्ने जेलका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार पूर्वप्रधानमन्त्री भएको नाताले शरिफलाई ए श्रेणीु र मरियमलाई बी श्रेणीु को कैदीका रुपमा राखिएको छ।

सुरक्षा

सुविधा

झैझगडामा संलग्न तर प्रतिष्ठित परिवारको भएका कैदीहरूलाई चाहिँ बी श्रेणीु अन्तर्गत राख्ने चलन छ । जेल अधिकारीहरूका अनुसार ए श्रेणी अन्तर्गत उच्च सरकारी अधिकारीहरू बाहेक पूर्वसंघीय मन्त्री र विगतमा बढी कर तिर्ने गरेकाहरूलाई राख्ने गरिएको छ।

ए श्रेणीु अन्तर्गत राखिने कैदीलाई बस्नका लागि दुईवटा कोठा दिइन्छ। त्यसमा ओछ्यान, एसी, फ्रीज र टीभीका साथै भान्सा पनि हुन्छ। ए श्रेणीका कैदीले जेलको खानाको सट्टा आफैँले पकाएर पनि खान पाउँछन्। त्यसबाहेक उनीहरूले काम गर्ने दुईजना कैदी पनि पाउँछन् ।

बी श्रेणीका कैदीले चाहिँ एउटा कोठा र काम गर्ने एउटा कैदी पाउँछन् । जेल अधिकारीले चाहेमा कामका लागि अर्को कैदी पनि उपलब्ध गराउनसक्छन् । बीबीसी उर्दू

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *