विश्वसमाचार

भारतीय रेलको सुरक्षार्थ १० हजार सुरक्षाकर्मी भर्ना गरिने

नयाँ दिल्ली, १० जेठ । भारतको राज्य सञ्चालित रेल सेवाको सञ्जाल बिस्तार हुँदैगर्दा रेल मन्त्रालयले सेवालाई थप सुरक्षित र प्रभावकारी बनाउन करिब १० हजार सुरक्षाकर्मी थप गर्ने भएको छ ।

भारतीय रेल मन्त्रालयद्वारा जारी एक प्रेस विज्ञप्ति अनुसार सरकारले रेल सेवालाई थप सुरक्षित बनाउन रेलसेवा बलको अनलाइन पेजमा गरेको नौ हजार ७३९ विज्ञापनमध्ये आठ हजार ६१९ पद रेलवे सुरक्षा जवान रहने छन् भने एक हजार १२० सव इन्सपेक्टर रहेका छन् ।

रेल सेवा मन्त्रालयका एक अधिकारीले बुधबार भने, ‘रेलसेवालाई थप सुरक्षित र मर्यादित बनाउन सरकारले रेलसेवाका लागि करिब १० हजार सुरक्षाकर्मीलाई भर्ना गर्ने भएको छ । यसबाट भारतीय रेल सेवा सञ्जाललाई थप व्यवस्थित बनाउन सकिने अपेक्षा सरकारको रहेको छ ।’

भारतमा रेलसेवाको विश्वकै केही मुलुकमाजस्तो व्यापक यातायात सञ्जाल विस्तार गरेको छ । भारतको उत्तरदेखि दक्षिणसम्म ठूलो क्षेत्रमा रेलसेवा विस्तार भएको छ । सरकारी तथ्याङ्क अनुसार भारतमा करिब नौ हजार रेलले प्रत्येक दिन दुई करोड ३० लाख यात्रुलाई सेवा दिने गर्छ । सिन्ह्वा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *