बिचार/ब्लग
आज पनि सस्तियो सुनको मूल्य
काठमाडौँ- सुनको मूल्यमा आज २ सय रुपैयाँ घटेको छ। गत शुक्रबार एकै दिन ५ सय रुपैयाँले घटेको सुनको मूल्यमा आज पनि २ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस अघि छापावाल सुन ६० हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मुल्य ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज चाँदीको मूल्य पनि घटेर तितोला ७३० रुपैयाँमा कारोबार भईरहेको छ।
