कार्तिक १२मा काङ्ग्रेसले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई सपथ खुवाउने राजधानी आउन अपिल

अ+
अ
अ-

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले दिनुभएको जानकारीअनुसार कात्तिक १२ गते अपराह्न २ः०० बजे पार्टी केन्द्रीय कार्यालय बिपी नगरमा आयोजना हुने समारोहमा शपथ दिलाइने छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस समयमा शपथ ग्रहणमा उपस्थितिका लागि अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।