तिलोत्तमामा अन्तर्राष्ट्रिय कुश्ती दंगा प्रतियोगिता, भारतका रामकान्त मिश्रा प्रथम

अ+
अ
अ-

रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित अन्तर्राष्ट्रिय कुश्ती दंगा प्रतियोगितामा नेपाल र भारतका ४४ पहलवानले प्रतिस्पर्धा गरेका छन्।

प्रतियोगितामा भारतको मध्य प्रदेशका पहलवान रामकान्त मिश्रा प्रथम भएका छन्। प्रथम भएका मिश्राले ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै, प्रतियोगितामा नेपालका तर्फबाट सहभागी धर्विन्द्र यादव दोस्रो भएका छन् भने गुल्मीका विशाल थापा तेस्रो भएका छन्।

दोस्रो हुने यादवले ३१ हजार रुपैयाँ र तेस्रो हुने थापाले २१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको मेलाको कुश्ती प्रतियोगिताका संयोजक चन्दन चौधरीले बताएका छन्।