अ+
अ
अ-
काभ्रे। बीपी राजमार्गअन्तर्गत नौबिसे–दुईसय स्ट्रीट सेल्फीडाँडा क्षेत्रमा माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको माइक्रोबस राति करिब २ बजे सडकबाट झन्डै २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा इलाम नगरपालिका–६ का ३७ वर्षीय लोकबहादुर सेन्चुरी, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–७ की ३६ वर्षीया रीता आपगाईं र उनका नौ वर्षीय छोरा ऋतिक घाइते भएका छन्।
घाइतेहरूको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको जनाइएको छ।


