अ+
अ
अ-
काठमाडौं । डाटा हबमा प्राविधिक समस्या देखिएपछि सोमबार स्थगित भएको नेपाली स्टक एक्सचेन्ज (नेप्से)को नियमित कारोबार मंगलबारबाट पुनः सुरु भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेका ७२ वटा कारोबार सदस्यका लागि डाटा सेन्टरका रूपमा रहेको डाटा हबमा प्राविधिक समस्या देखिएपछि सोमबारको कारोबार स्थगित गरिएको थियो।
डाटा हबमा बिहानैदेखि असहजता देखिएपछि कारोबार प्रणालीमा समस्या उत्पन्न भएको नेप्सेले जनाएको छ। समस्या समाधान भएपछि मंगलबारबाट नियमित कारोबार सञ्चालनमा आएको हो।
डाटामा आएको समस्याका कारण नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम १ र नियम २१(१) अनुसार असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो।
सोमबार रोकिएको कारोबार मंगलबारबाट पुनः नियमित रूपमा सञ्चालन भएपछि लगानीकर्ताले कारोबार गर्न पाएका छन्।


