रविलाई रुबियोको फोन : नेपाललाई सहयोग गर्न अमेरिका तयार

+
-

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्क रुबियोले रास्वपा सभापति रवि लामिछानेलाई फोन गर्दै नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

रुबियोले विपद्को घडीमा नेपालसँग अमेरिकाको ऐक्यबद्धता रहेको भन्दै थप सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्। लामिछानेले अमेरिकी सहयोगप्रति धन्यवाद दिएका छन्।