अ+
अ
अ-
काठमाडौं । सरकारले भोटेकोसी बाढीबाट प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपत्कालीन उद्धारका लागि एसियाली बिकास बैंक (एडीबी) ले उपलब्ध गराएको ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले एडीबीबाट प्राप्त उक्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो।
भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा जीवनरक्षासम्बन्धी तत्कालीन कार्यमा सहयोग पुर्याउने उद्देश्यले एडीबीले ५ मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराएको थियो।


