एससीसी मेन्स प्रिमियर कप : मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य दियो

+
-

एससीसी मेन्स प्रिमियर कपमा घरेलु टोली मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिलो ब्याटिङ गरेको मलेसियाले ३२ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको थियो। मलेसियाका कप्तान साहिदले ३० रन, अलिक बाहिर दिएले ४४ रन, भिरानदीप सिंहले १४ रन र सियाहदत रामीले १३ रन बनाए।

नेपालका बलर करण केसीले ३.७ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिए। ललित राजवंशीले २ विकेट तथा हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले १–१ विकेट लिए।

नेपालले अब मलेसियालाई १०४ रनको लक्ष्य पछ्याउन मैदानमा उतारेको छ।