मुस्ताङबाट फर्किएका प्रधानमन्त्री बालेन शाह कुश्मामा, स्थानीयद्वारा भव्य स्वागत

+
-

पर्वत । मुस्ताङको भ्रमण पूरा गरी फर्किने क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग हुँदै पर्वतको सदरमुकाम कुश्मा बजार पुगेका छन्।

पारिवारिक तथा व्यक्तिगत भ्रमणका क्रममा कुश्मा पुगेका प्रधानमन्त्री शाहलाई स्थानीय बासिन्दा, युवा तथा समर्थकहरूले भव्य स्वागत गरेका छन्। यात्राका क्रममा उनले पहाडी क्षेत्रको विकास, सडक पूर्वाधार तथा स्थानीय पर्यटनको अवस्थाबारे जानकारी लिएका थिए।

कुश्मामा रहँदा प्रधानमन्त्री शाहले विश्वकै दोस्रो अग्लो बन्जी जम्प, अग्ला झोलुङ्गे पुललगायत प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन गरेका छन्।

स्थानीय युवाहरूसँगको संक्षिप्त कुराकानीमा शाहले मध्यपहाडी लोकमार्गले देशको आन्तरिक पर्यटन तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

उनले पहाडी क्षेत्रमा सडक पूर्वाधारको विकाससँगै पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।