हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले बागमती प्रदेशको मुख्यमन्त्री पदका लागि नेकपा (एमाले) का प्रदेशसभा सदस्य किरण थापा मगरलाई समर्थन गर्न राप्रपाका प्रदेशसभा सदस्यहरूलाई आग्रह गरेका छन्।
थापाले बुधबार बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष पत्र पठाउँदै मुख्यमन्त्री पदका लागि थापा मगरलाई समर्थन गर्न आग्रह गरेका हुन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका लागि नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्री पदका लागि प्रस्ताव गरिएको राप्रपा संसदीय दलका नेता थापाले बताएका छन्।
थापाले प्रदेश प्रमुखसमक्ष पठाएको पत्रमा राप्रपाका १२ जना प्रदेशसभा सदस्यसहितको समर्थन रहने व्यवहारका लागि आग्रह गरिएको छ।
बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सत्ता समीकरण बनेपछि मुख्यमन्त्रीमा एमालेका नेताहरूबीच प्रतिस्पर्धा हुँदै आएको छ। एमालेबाट जगन्नाथ थपलिया र किरण थापा मगर प्रमुख दाबेदारका रूपमा देखिएका थिए।

