काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले नेपाली नागरिकका लागि राहदानी प्राप्त गर्ने प्रक्रिया थप सहज, व्यवस्थित र छिटो बनाउन सरकारसँग माग गरेकी छन्।
संसदमा बोल्दै रानाले राहदानी बनाउन हुने झन्झट र ढिलाइका कारण सर्वसाधारणले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताइन्। राहदानीकै कारण कतिपय नागरिकले विदेश जाने टिकटसमेत गुमाउनुपरेको उनको भनाइ थियो।
उनले भनिन्, “राहदानीका लागि धेरै झन्झट व्यहाेर्नु पर्दा कतिपय गरिबका छोराछोरीले प्लेन टिकटसमेत गुमाउनुपरेको छ। त्यसैले यो प्रक्रियालाई सहज बनाउनुपर्छ।”
रानाले विश्वका विभिन्न देशले ई–पासपोर्ट र आधुनिक राहदानी प्रणालीलाई थप व्यवस्थित गर्दै लगिरहेको अवस्थामा नेपालले पनि आफ्नो राहदानी प्रणालीलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने धारणा राखिन्।
नेपालमा ई–पासपोर्ट प्रणाली सञ्चालनमा आए पनि सेवा प्रवाहमा देखिएका व्यावहारिक समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिइन्। नेपालले सन् २०२१ देखि ई–पासपोर्ट जारी गर्दै आएको छ।
सांसद रानाले नागरिकलाई समयमै राहदानी उपलब्ध गराउने, प्रक्रिया सरल बनाउने र प्रविधिमैत्री सेवा विस्तार गर्ने दिशामा सरकारले थप प्रभावकारी काम गर्नुपर्ने माग गरिन्। राहदानीजस्तो अत्यावश्यक सरकारी सेवामा नागरिकले अनावश्यक दुःख पाउने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ।। ( समाचार कमेन्टमा)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले नेपाली नागरिकका लागि राहदानी प्राप्त गर्ने प्रक्रिया थप सहज, व्यवस्थित र छिटो बनाउन सरकारसँग माग गरेकी छन्।
संसदमा बोल्दै रानाले राहदानी बनाउन हुने झन्झट र ढिलाइका कारण सर्वसाधारणले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताइन्। राहदानीकै कारण कतिपय नागरिकले विदेश जाने टिकटसमेत गुमाउनुपरेको उनको भनाइ थियो।
उनले भनिन्, “राहदानीका लागि धेरै झन्झट व्यहाेर्नु पर्दा कतिपय गरिबका छोराछोरीले प्लेन टिकटसमेत गुमाउनुपरेको छ। त्यसैले यो प्रक्रियालाई सहज बनाउनुपर्छ।”
रानाले विश्वका विभिन्न देशले ई–पासपोर्ट र आधुनिक राहदानी प्रणालीलाई थप व्यवस्थित गर्दै लगिरहेको अवस्थामा नेपालले पनि आफ्नो राहदानी प्रणालीलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने धारणा राखिन्।
नेपालमा ई–पासपोर्ट प्रणाली सञ्चालनमा आए पनि सेवा प्रवाहमा देखिएका व्यावहारिक समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिइन्। नेपालले सन् २०२१ देखि ई–पासपोर्ट जारी गर्दै आएको छ।
सांसद रानाले नागरिकलाई समयमै राहदानी उपलब्ध गराउने, प्रक्रिया सरल बनाउने र प्रविधिमैत्री सेवा विस्तार गर्ने दिशामा सरकारले थप प्रभावकारी काम गर्नुपर्ने माग गरिन्। राहदानीजस्तो अत्यावश्यक सरकारी सेवामा नागरिकले अनावश्यक दुःख पाउने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ।