गर्मी बढेसँगै घर तथा भान्सामा साङ्ग्लाको समस्या पनि बढ्ने गर्छ। भान्साका कुनाकाप्चा, चिस्यान भएका ठाउँ तथा साना प्वालमा लुकेर बस्ने साँङ्ग्लाले खानेकुरा दूषित बनाउनुका साथै विभिन्न किसिमका स्वास्थ्य जोखिम निम्त्याउन सक्छ।
साँङग्ला छिटो प्रजनन गर्ने कीरामध्ये एक हो। थोरै ठाउँ र अनुकूल वातावरण पाए पनि यसले आफ्नो संख्या बढाउन सक्छ। त्यसैले भान्सामा साँग्लाको समस्या देखिएपछि समयमै नियन्त्रणका उपाय अपनाउनु आवश्यक हुन्छ।
१. भान्सा सफा र उज्यालो राख्ने
साँङग्ला प्रायः अँध्यारो, फोहोर तथा चिस्यानयुक्त ठाउँमा लुक्ने गर्छ। त्यसैले भान्सा नियमित रूपमा सफा गर्ने, खानेकुराका टुक्रा तथा फोहोर तत्काल हटाउने र सम्भव भएसम्म भान्सालाई उज्यालो तथा सुख्खा राख्ने गर्नुपर्छ।
२. लसुन, प्याज र मरिचको मिश्रण
लसुन, प्याज र मरिचलाई पेस्ट बनाएर पानीमा मिसाई साँङग्ला देखिने वा लुक्ने सम्भावित स्थानमा छर्कन सकिन्छ। यसको गन्धले साँङग्लालाई त्यस्ता स्थानबाट टाढा राख्न सहयोग गर्न सक्छ।
४. साबुनपानी र सुरक्षित सरसफाइ
डिटर्जेन्ट वा साबुनपानीले भान्साका सतह, भुइँ तथा साँग्ला हिँड्ने सम्भावित ठाउँ सफा गर्न सकिन्छ।
५.कपुर तथा अगरबत्तीबारे पनि सावधानी
कपुर वा अगरबत्तीको गन्धले साँग्लालाई केही समय टाढा राख्न सक्छ भन्ने घरेलु धारणा भए पनि यसलाई प्रभावकारी र सुरक्षित नियन्त्रण विधिका रूपमा लिन सकिन्छ तर सावधानी अपनाउनु पर्छ।
प्रभावकारी नियन्त्रणका लागि के गर्ने?
सबैभन्दा महत्वपूर्ण कुरा भनेको भान्सा सफा, सुख्खा र व्यवस्थित राख्नु, खानेकुरा खुला नराख्नु, फोहोर नियमित हटाउनु र साँङग्ला पस्ने सम्भावित प्वाल बन्द गर्नु हो।

