राष्ट्रिय सभामा आज विनियोजन विधेयकमाथि ९ मन्त्रालयको बजेट शीर्षकमा छलफल हुँदै
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको २४औँ बैठक आज बिहीबार अपराह्न बैठक बसेकाे छ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ।
सम्भावित कार्यसूचीअनुसार आजका बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय,सूचना तथा सञ्चार मन्त्रालय,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,शिक्षा तथा खेलकुद मन्त्रालय,स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय,भूमि व्यवस्था, सहकारी, राष्ट्रिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय,विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय,कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय माथि छलफल हुने छ।
राष्ट्रिय सभा सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा सार्वजनिक गरिएको सम्भावित दैनिक कार्यसूचीअनुसार उक्त मन्त्रालयहरूको बजेट विनियोजनमाथि राष्ट्रिय सभा सदस्यहरूले छलफल गर्ने कार्यक्रम रहेको छ।


