प्रधानमन्त्री बालेन्द्र शाहको चेतावनी : ‘समय आएपछि कोही पनि उम्कन पाउँदैन’

priminister
अ+
अ
अ-

प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आएपछि सबैको हिसाबकिताब हुने बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सही समय आएपछि एक–दुई जना उम्किन्छौँ भनेर सपना नदेख्न चेतावनी दिएका हुन्।

सञ्चारमाध्यममा प्रहरीको धरपकड, पत्रकार पक्राउ तथा न्यायाधीश र बिचौलियाबीचको सम्बन्धलाई लिएर सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री शाहको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो।

उनले समय आएपछि सबै जना फन्दामा पर्ने आशय व्यक्त गर्दै कसैले पनि उन्मुक्ति पाउने सपना नदेख्न चेतावनी दिएका छन्।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई पछिल्लो समय सरकारका कामकारबाही र विवादित घटनाक्रमप्रति उठिरहेका प्रश्नसँग जोडेर हेरिएको छ।