अ+
अ
अ-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय समिति सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ।
असार ७ देखि ९ गतेसम्म हुने तय भएको प्रथम राष्ट्रिय महाधिवेशन विशेष कारणवश ६ दिनसम्म लम्बिएपछि सम्पन्न भएको थियो। सोही महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज शपथ लिने कार्यक्रम तय गरिएको हो।
महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिहरूमार्फत निर्वाचित भएका छन्। बाँकी ५१ जना केन्द्रीय सदस्य भने पार्टी सभापतिले मनोनयन गर्ने व्यवस्था विधानमा रहेको छ। यससँगै १५० सदस्यीय केन्द्रीय समिति पूर्ण हुने जनाइएको छ।


