समाचार

कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित, टिम सार्वजनिक

२०८२ माघ १ बिहीबार
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ। महाधिवेशनले सहमतिका आधारमा थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरेको हो।

उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन हुनुभएको छ भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित हुनुभएको छ।

त्यसैगरी सहमहामन्त्रीमा उदयशम्शेर राणा (खस–आर्य), फरमुल्लाह मन्सुर (मुस्लिम), डा. डिला सङ्गौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिंह लामा (आदिवासी जनजाति), मुकुन्दकुमारी यादव (मधेशी), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) चयन हुनुभएको छ।

नयाँ नेतृत्वले पार्टीलाई सुदृढ बनाउँदै आगामी राजनीतिक चुनौतीको सामना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *