समाचार
नेपालमा संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौँ। नेपालमा वुधबार थप २४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थप संक्रमितहरु रुपन्देहीका १२ जना, कपिलवस्तुका ३ जना र नवपरासीका एकजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो । यसअघि आजै बाँके र कपिलवस्तुका गरी दुई जनामा संक्रमण देखिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ जना पुगेको छ ।

