समाचार

समाजमा चेतना जगाउने मनोहरा साहित्य समाजकाे१०६औँ श्रृंखला रचना वाचन

२०८२ कार्तिक ८,शनिबार
काठमाडौं । मनोहरा साहित्य समाजले आफ्नो १०६औँ श्रृंखला अन्तर्गत रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम काठमाडौंको ग्लोबल पब्लिक स्कुलको सभाहलमा उपाध्यक्ष जसध्वज गुरुङको सभापतित्व र कवि गोविन्द घिमिरे ‘वेदमणी’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रमुख अतिथि घिमिरेले महाकवि देवकोटाले २०१३ सालमा मन्त्रिपरिषद्को निर्णयबाट विद्यालयहरूमा नेपाली भाषा अनिवार्य विषयका रूपमा पढाइ सुरु गराएको स्मरण गर्दै उहाँको भाषा संरक्षणप्रतिको योगदानले सरकारलाई पनि सचेत रहन बाध्य पारेको बताउनुभयो ।

विशेष अतिथि विमल अर्याल र स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरी पनि कार्यक्रमका सहभागी रहनु भएको थियो । अध्यक्ष गिरीले वृद्धवृद्धाप्रति समाजले घृणा नगरी सम्मान गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वृद्धाश्रम खोल्ने भन्दा पनि संयुक्त परिवारको अवधारणा सुदृढ गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा तीन दर्जनभन्दा बढी कविहरूले आफ्ना रचना वाचन गरेका थिए । जसध्वज गुरुङले ‘सरकार महँगो हुँदा जनता सस्तो हुन्छ’ शीर्षकका चाेटीला मुक्तक सुनाउनुभयो ।
कवि अच्युत घिमिरेले ‘मान्छे’, दिनानाथ पोखरेलले ‘शासकीय प्रवृत्ति’, डा. गणेशराज अधिकारीले ‘नव पुस्ताका झुण्ड नौ’, घनश्याम प्रसाईले ‘देशको चिन्ता फलफूललाई’, बासुदेव पौडेलले ‘प्रख्यात यो दोलखा’, सरद शर्मा, ठाकुर प्रसाद खतिवडाले ‘सुनको महिमा’, कृष्ण प्रसाद पौडेलले ‘भन्दैन कोही पनि’ शिर्षकका रचना वाचन गर्नु भएको थियो ।

यस्तै मुकुन्द राज शिवाकोटीले ‘गीत’,सुनाउनु भयो भने  दिनेश राज खरेलले ‘मण्डलामा हराएको स्वर’ कविता मार्फत शासकलाई सचेत गराउनु भयो उता संजय सोतिकाे  ‘उन्यु’ले बिम्ब बाेलेकाे थियो । सिर्जना दुलालकाे ‘शहीदको आवाज’, बलराम विष्टले ‘कहाँ छैन भ्रष्टाचार’, धरणी गुरागाईंकाे ‘यो देश नेपाल’, केशव ज्ञावलीले  ‘दार्ह्री’, पवन दाहालकाे ‘शोक सन्तप्त फाल’, चेबन बस्नेतकाे ‘वृद्ध जनको आदर गरौँ’, बुद्धिसागर पौडेल ‘तन्नेरी मनको स्वभाव’, रश्मि रिमाल ‘फर्काउन शान्ति’, भुवन शिवाकोटी ‘लासको संवाद’, डा. टि.पी. बराकोटी ‘देवकोटालाई श्रद्धा सुमन’, महेश्वर खनालले ‘फेवा तालको मुस्कान’ कविता सुनाउनु भएको थियो ।

कविहरु अनन्त कुमार बस्नेतले ‘स्वप्न सफर’, चुडाप्रसाद चौलागाईंले  ‘तृष्णा’, रत्ननिधि रेग्मी ‘शुक्राचार्यले देबकाेटाकाे बारे प्रष्ट्याउनु भयो भने , सुमन पुडासैनीकाे  ‘गजल’ले हल तातेकाे थियो ।, भावना पुडासैनीकाे  ‘वृद्ध अवस्थाको पीडा’, सुनाउँदा  सम्पत काफ्ले ‘देशको दुर्गति’ मार्फत गणतन्त्र काम नलागेकाे धारणा कविता मार्फत राख्दै हुनुुहुन्थ्थाे ।  अनिल पौडेल ‘किर्ते’ले पुरस्कार मार्फत व्यङ्ग प्रहार गर्नु भयो । खोला घरे साइलोले ‘हे कर्मठ युवा’ र भवकेशर बरालकाे `अग्नि उत्सब´ र  बिमल अर्यालका कविताले क्रान्तिका आगाे ओकलेका थिए।

कार्यक्रममा साहित्यिक सिर्जनाद्वारा समाजमा चेतना फैलाउने र युवापुस्तालाई नेपाली साहित्यतर्फ आकर्षित गर्ने उद्देश्य रहेको आयोजकले जनाएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *