समाचार

नमाेबुद्द नगरपालिका जिल्लाकै पहिलो`पूर्णखाेप सुनिश्चित´नगर

बैशाख १८ बिहीबार ,२०८१
काभ्रेपलान्चोक ।` पूर्णखोप सुनिश्चित´ घोषणा हुनेमा जिल्लाको नमाेबुद्द नगरपालिका पहिलो स्थानीय तह भएको छ। नगरपालिककाे ११ वटा वडालाई नै पूर्णखाेप सुनिश्चित भएको घाेषणा सहित प्रमाण पत्र प्रदान गरिएको छ।

बुधबार जिल्ला खोप समन्वय समिति काभ्रेपलाञ्चोकका संयोजक समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमले नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुनसाङ लामालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको प्रमाणपत्र प्रदान गर्नु भएको हो ।

नमोबुद्ध नगरपालिकाले नागरिकको सुरक्षाकाे नपम्ति खाेप जस्तो महत्त्वपूर्ण चिजलाई प्र ाथमिकरणमा राखेकाे भन्दै खुशी व्यक्त गर्नु भयो ।साथै यो कार्यमा सबै राजनीतिक दल, नागरिक समाज एकजुट भएर अगाडि बढिरहेको भन्दै प्रशंसा गर्नु भयो ।

चालु आर्थिक बर्षको चैतसम्मको अवधिमा १६ देखि २३ महिनासम्म उमेरका ४ सय ७० बालबालिकाले खोप पाएको सुनिश्चित गरेपछि घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पवनकुमार लामाले जानकारी दिनु भयो । उहाँका अनुसार, यकिन गर्न स्वास्थ्य स्वयंसेविकाका साथै स्वास्थ्यकर्मीहरूले घरदैलो गरेका थिए ।यसअघि विभिन्न मितिमा नगरपालिकाका ११ वटै वडा पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *