समाचार

बनेपा नगरपालिकाकाे बजेट अधिबेशन

असार ६ शुक्रबार ,२०८२
काभ्रेपलान्चोक । बनेपा नगरपालिकाकाे आर्थिक वर्ष २०८२/८३काे नीति तथा कार्यक्रम नगरपालिकाकाे सभा हलमा आज आयाेजीत १६ अौ नगरसभामा प्रस्ताब गरिएको छ।

कार्यक्रमकाे लागि आर्थिक विकास, समाजिक विकास ,पूर्वाधार विकास, वन ,वातावरण तथा विपद व्यवस्थापन ,संस्थागत विकास र सुशासन लगायतका शिषर्कलाई समाबेश गरिएको छ।

नगरसभामा नगर प्रमुख शान्ति रत्न शाक्यले विगत वर्षमा लिएका नीति तथा छनाेट गरिएको याेजनाहरुले अपेक्षित उपलब्ध हासिल गरेको दावि गर्नु भयो । उहाँले आगामी अावमा सबल ,सक्षम र पारदर्शि स्थानीय सरकारकाे नारालाई आत्मासाथ गरी कार्यक्रम अगाडि बढाउनेमा आशा र विश्वास दिलाउनु भयो ।

नगरसभामा माथिल्ला सरकारहरुकाे नीति र निर्देशन तथा स्थानीय तहकाे अधिकारहरुका आधारमा समाबेश गरिएका नगरकाे नीति याेजनाहरुलाई सिमित स्राेत र साधनकाे परिचालनबाट नगरबासिकाे जिवनस्तरमा उल्लेख्य सुधार गर्न सबैकाे सहयोगकाे अपेक्षा गर्नु भएको छ।

सभामा कृषि विकासका लागि आबाश्यक ऐन तथा कार्यविधीकाे तर्जुमा गरि किसानकाे जीवन स्तर उठाउन प्रस्तावित याेजनाहरुलाई अगाडि बढाइने छ। उद्योग तथा बाणिज्य क्षेत्रमा नगरले आबाश्यक सहजिकरण गर्दै स्थानीय व्यवसायिकाे प्रबर्दनमा जाेड दिने नीति लिएको छ ।

पर्यटनको क्षेत्रमा आबाश्यक याेजनाहरुलाई नगर सभामा प्रस्ताव गरिनुका साथै सहकारीकाे सुशासन र संस्थागत स्वमुल्याङ्कनलाई अनिवार्य गर्दै समाजकाे वित्तिय विकास र बचत सुरक्षाकाे प्रत्याभूतका लागि कडाइ गर्ने नीति अख्तियार गरिने व्यवस्था गरिएको छ । यसका साथै निस्कृय रहेको संस्थालाई प्रचलित नियम अनुसार खारेज गरिने छ। बनेपा नगरपालिकाले नयाँ सहकारी र कार्यक्षेत्र विस्तारमा राेक लगाएकाे छ।

विद्यालय शिक्षाबाट बञ्चित रहेका बालबालिकालाई बाल मैत्री शिक्षण सिकाइ, प्रविधि मैत्री ,दिवा खाजा, स्वस्थ्य सुरक्षा र अर्गानिक खाद्य व्यवस्थालाई प्राेत्साहित गरिने व्यवस्था गरेको छ। काठमाडौ विश्वविद्यालयसँग सहकार्य गरि प्रविधिक विषयहरु नगरका शैक्षिक संस्थामा पठनपाठन गराउने कार्यलाई प्राथमिकतामा राखिएकाे छ।

नगरबासिलाई स्वास्थ खानेपानी उपलब्ध गराउन काभ्रे एकीकृत खानेपानी आयोजनालाई निर्माण ,मर्मत ,संचालन र सम्भाव्यत स्राेत परिचालन गरि वितरण प्रणालि व्यवस्थित गरिने छ। टाेल विकास संस्थाहरु मार्फत समाजमा सचेतना मुलक कार्यक्रम संचालन गरिने लक्ष्य लिइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *