समाचार

सरिता गिरीलाई पदबाट हटाउने तयारी

काठमाडौं, १ असार । अन्तत: जनता समाजवादी पार्टीले सरिता गिरीलाई कारबाही गर्ने भएको छ । पार्टीको निर्देशन नमानी नीतिविपरित गएको भन्दै उनलाई पार्टी र सांसद दुवैबाट हटाउने भएको हो। नेपालको नयाँ नक्शा समावेश भएको निशान छाप परिवर्तनका लागि संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टीले गरेको ह्वीप नमाने पछि जसपाले गिरीलाई हटाउने भएको हो ।

लिम्पियाधुरा सहितको भूगोल समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी भएपछि गरिएको संविधान संशोधनमा गिरीले फरक मत राखेकी थिइन्। उनले संशोधन विधेयक खारेजीको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्। प्रस्ताव फिर्ता लिन राजपाले गरेको निर्देशन गिरीले लत्याइदिएकी थिइन् । उनले लिम्पियाधुरा नेपालको होइन भनी ऋषि धमलासँगको अन्तवार्तामा बोलके थिइन् ।

सभामुखले गिरीको प्रस्ताव खारेज गरेका थिए। गिरीलाई सांसद पदबाट हटाउने र पार्टीको सदस्य समेत नरहनेगरी कार्बाही गर्ने जसपाले जनाएको छ। गिरीमाथि कारबाही गर्न नागरिकबाट पनि पार्टीमाथि दबाब परेको थियो ।

भारतमा जन्मिएकी उनले नेपाली नागरिकसँग बिहे गरी नेपालको राजनीतिमा आएकी हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *