समाचार
नागरिकको समस्यामा सकारात्मक भूमिका रहन्छ- अध्यक्ष के.सि.

असार ५ बिहीबार २०८२
काभ्रेपलान्चोक । जिल्लाकाे बनेपा नगरपालिका वडा नं. ६ ले आगामी आर्थिक वर्षको प्रस्तावित योजना बारे छलफल गरेको छ। वडाकाे योजना टिपाेट तथा गुनासाे छलफल कार्यक्रममा सहभागी नागरिकहरु बीच वडा अध्यक्ष सचिदानन्द के.सि. ले प्रस्तावित योजना प्रस्तुत गर्नु भएको हो ।
आर्थिक वर्ष २०८२/०८३ का लागि योजना तर्जुमा छलफल कार्यक्रम सडक बिस्तार, खानेपानीको पहुँच विस्तारका लागि डिप बोरिङ , शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्यक्रम सञ्चालन हुने अध्यक्ष के.सि.ले जानकारी दिनु भयो ।
भेलामा सहभागीहरूले उठाएका जिज्ञासाको अध्यक्ष केसीले पारदर्शी ढंग उत्तर दिनु भएको थियो साथै उहाँले विकास निर्माणका योजनामा हुने कुनै पनि सकारात्मक पक्षमा वडाले सक्रिय भूमिका निर्बाह गरिने बताउनु भयो ।
