प्रिय गणतन्त्र ,
आज मन धमिलो भएको छ । म विचलित छु । राजतन्त्रले २४० वर्षसम्म देशलाई पछाडि धकेल्याे भन्ने भ्रममा परेर गणतन्त्रको पक्षमा लागेर देशमा गणतन्त्रान्त्रिक ब्यवस्था ल्याउन भूमिका नखेलेकाे होइन् । राजालाई भगवान मान्न नसकिने भन्दै धारे हात लगाइयाे । तर अहिले मलाई पछुतो छ। राजालाई भगवान मान्न नपाएकोमा होइन ।
गणतन्त्र तिमिलाई उन्नत ब्यवस्था भन्न नपाएकोमा मलाई विष्मत लागेको हो । तिमीलेे मलाई जे दिन्छु भनेका थियौ, तिमिले वचन पूरा गर्न सकेनौ। मलाई थाहा छ, तिमी अहिले दिने ठाँउमा छौ। तिम्रो हातमा माना- पाथि, डाडु- पन्यु छ। तर तिमिले दिने कुरामा ,त्याग गर्ने कुरामा किन लाेभ गरिरहेका छौ? मेराे प्रश्न हो । गणतन्त्र तिमी मेरा प्रश्नहरुकाे उत्तर दिन सक्छौ ? अहँ पक्का सक्दैनौ!
तिमीबाट म जस्ता युवाले अपेक्षा गर्नु भनेकाे पेलानमा परेर भित्तामा पुग्नु हो ? देशलाई सराप्दै विदेशिनु हो ? रेमिट्यान्स पठाएर तिम्रो तलव- भत्ता भर्नु हो ? कि के हो ? भनिदेउ । म तिम्रो उत्तरकाे प्रतिक्षामा छु । तर गणतन्त्र तिमिले उत्तर दिने समय सम्म धेरै ढिला हुने छ। यो मेरा मात्रै भनाइ होइन , जसले तिमिलाई डाेहाेर्याएर राजधानी छिराउन मद्दत गरे उनिहरुले पनि त्यसै भन्दै छन् ।
गणतन्त्र तिमि माथि मेरो राेदन छ, खेद छ, विलौना छ, अनि त्यो सबै कथा सडममा अलाप्नु भन्दै केही उपाए छैन । कता कता तिमिलाई धिक्कार्न मन लाग्छ। तिमी देखि लाज लाग्छ किनभने तिमीलाई भित्र्याउन मैले हजारौंकाे बलिदान गरें ।त्यसमा शान्ति ,समृद्धि, एकता ,सहकार्य सहमति नामका साथीहरूसँगै आएका थिए। तर तिनकाे तिमिले चिरहरण गर्यौ !
प्रिय गणतन्त्र अस्ति चैत १५ गतेकाे दिन सम्झ त ! त्यो कहालिलाग्दो दिन म कसरी कल्पना गर्न सक्छु । राजाले २०६२/६३ मा गाेलि ठाेकेर नागरिक हत्या गरे भनेर आराेप तिम्रो नै थियो। त्यसको विरुद्ध देशभरिका नागरिकलाई नारा लगाउन लगाउने तिमी होइन ?
तर तिमीले त्यो राजाको शासन भन्दा पनि गैरजिम्मेवार बनेर गाेलि दबायौ । गणतन्त्र तिमिले छातीमा गोली मात्र हानेका थिएनौ, नागरिकलाई जिउँदै आगो पनि जगायौ । तिमि राजाकाे शासनमा सहिद भएको भए स्मरण हुने थियौ ।तर आज सत्तामा साेमरस पिइरहँदा नागरिकलाई रैती ठानेका रहेछौ ।
तिमी गोली खाएर आएको गणतन्त्रले फेरि नागरिकलाई गोली हान्ने अधिकार छ त ? सिद्धान्त र विचार मात्र पढ्दा र बुझ्दा गणतन्त्र उन्नत व्यवस्था नै हो। तर जुन तन्त्र भएपनि व्यवस्थालाई नेतृत्वको व्यवहारले मात्रै लक्ष्यसम्म पुर्याउन सक्छ । उहीँ नेतृत्व नै सुरक्षित अवतरण गराउन सक्नुपर्दछ । राजतन्त्र वा गणतन्त्र जुन सुकै व्यवस्थाभित्र नेतृत्व खुसी भएर केही अर्थ छैन । जनता खुसी हुन सक्नुपर्दछ। जनताले व्यवस्थाकाे अपनत्व लिन सक्नु पर्छ भन्न धारणहरु विकास भएका छन् ।
केन्द्रीकृत र नरसंहारमा उद्दत नेतृत्व त राजतन्त्र थियो हाेला । २०४७ काे संविधानले राजा र राजतन्त्रलाई नियन्त्रण गरेको पनि विर्षनु हुदैन । ३५ वर्षमा आफू सिन्काे नभाँच्ने अनि अहिले मसानघाटका राजा वीरेन्द्र परिवारलाई सराप्ने नेतृत्वकाे हुति जनताले आँकलन गरिसकेका छन् । १७ हजार नागरिकको बलि राजाले चढाएका हुन र?
त्यो व्यवस्था जन जनको प्यारो हुनसक्छ, जुन जनताले स्विकार गरेका हुन् र दीर्घायु हुन सक्दछ । तिमीले प्रशिक्षणहरुमा हामीलाई यस्तै सिकाएका हौ । त्यो कुरा आज पनि मेराे दिमागमा ताजा छ। हामी त सिक्दैछौँ,बुझ्दैछौं र हेर्दैछौं। तर जनता सधैँ हेरेर मात्र बस्न सक्दैनन् होला है ? एउटा चर्चित गित सुन त ! “धन हुनेलाई धनमाथि धनै छ ,गरिबलाई ऋण माथि ऋणै छ”। गणतन्त्रका “बा ” हरुले गाउने गीत यस्तै भयो ।
आज बिनोद चौधरी जस्ता पुँजिपतिसँग तबलाको साथमा गणतन्त्रले यस्तै गित गाँउदै छ। अनि जनता चाहिँ गाउँदै छन् सडकमा । हाम्रो गणतन्त्रमा “गरिबको चमेली बोल्दिने काेहि छैन ।
हामी गणतन्त्रका बा सँग प्रश्न गरिरहेका छौं छातीमा गोली केका लागि थाप्नुभयो? म पनि सोधिरहेछु तिमिले बगाएको रगतले अहिले खुसी दिएको छ कि छैन ? प्रश्न गरिरहेको छु ।गणतन्त्र तिमिसँग धेरै कुरा सिकेको छु। तिमिले बगाएको रगतले अहिले के भन्दै छ ? उत्तर पायौं भने मलाई नै भन् कृपया । जय गणतन्त्र ।


