एमालेमा तत्काल विशेष महाधिवेशन वा विधान अधिवेशन नबोलाउने

+
-

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले तत्काल विशेष महाधिवेशन वा विशेष विधान अधिवेशन बोलाउने विषयमा छलफल नभएको बताएका छन्।

च्यासलमा बसेको कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले तत्काल विशेष महाधिवेशन नबोलाउने बताएका हुन्। उनका अनुसार अध्यक्षको राजीनामा माग्ने विषयमा पनि छलफल नभएको बताए।

बैठकमा ७० वर्षे उमेर हद र अध्यक्षका लागि दुई कार्यकालको व्यवस्थालगायतका विषय भने छलफलको एजेन्डा बनेका थिए। तत्कालै ती विषयमा साझा धारणा बनाएर अघि बढ्ने विषयमा छलफल अगाडि बढेको बस्नेतले जानकारी दिए।