समाचार

मनोहरा विमोचन तथा रूपिकामाथि परिचर्चासहित सयौं शृङ्खला रचना वाचन सम्पन्न

वैशाख १३ शनिबार , २०८२
भवकिशाेर बराल
काठमाडौं ।आफ्नो सयौं शृङ्खलाको अवसर पारेर मनोहरा साहित्य समाजले समाजको मुखपत्रका रूपमा मनोहरा स्मारिका विमोचनसहित रचनावाचन श्रृङ्खला सम्पन्न गरेको छ । उक्त श्रृङ्खलामा आख्यानकार केशव घिमिरेको रूपिका उपन्यासिक कृतिमाथि परिचर्चासमेत गरिएको थियो। ग्लोबल पब्लिक स्कुलको प्राङ्गणमा सञ्चालित उक्त कार्यक्रम साहित्य समाजका सचिव भावकेशर बरालले गर्नुभएको थियो । अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षता र नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वसदस्यसचिव एवं समालोचक जगत् उपाध्याय प्रेक्षितको प्रमुख आतिथ्य  रहेको कार्यक्रममा कागेश्वरी मनोहराका नगरप्रमुख श्री उपेन्द्र कार्की, कविवर प्रह्लाद पोख्रेल, पर्वतीय साहित्यका अभियन्ता प्रतीक ढकाल, सिनामङ्गल नगर सेवा समाजका अध्यक्ष विजयराज पौड्याल, गान्धी आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गयाप्रसाद उपाध्याय, ज्येष्ठ नागरिक समाजका अभियन्ता समाजसेवी खोदनाथ चापागाईं, ग्लोबल स्कुलका प्राचार्य मातृका कार्की तथा अभिनव साहित्य  समाजका उपाध्यक्ष विमल अर्याल विशिष्ट अतिथि रहनुभएको थियो। समालोचक डा.रमेश शुभेच्छुले लोकार्पित कृति मनोहरा माथि समीक्षा प्रस्तुत गर्नुभयो भने अर्का समीक्षक महेश प्रसाईंले रूपिका कृतिमाथि परिचर्चा गर्नुभएको थियो ।

सामूहिक राष्ट्रगानबाट प्रारम्भ गरिएको उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष स्रष्टा खोलाघरे साहिँलोले स्वागत मन्तव्य राख्नुभयो। कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष डिल्लीराज अर्यालले मनोहराज साहित्य समाजको ऐतिहासिक पृष्ठभूमि सहित पत्रिका प्रकाशन तथा व्यवस्थापनका क्रममा सहयोग गर्नुहुने सम्पूर्णप्रति धन्यवाद सहित आभार प्रकट गर्दै रचनावाचन श्रृङ्खलाको समुद्घाटन गर्नुभएको थियो।

खोदनाथ चापागाईं, प्रल्लाद पोख्रेल, विजयराज पौड्याल, प्रतीक ढकाल, विमल अर्याल, शीतल गिरीलगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्यसहित आफ्ना सारगर्भित रचना प्रस्तुत गर्नुभएको थियो। कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले आफ्नो  शुभकामना मन्तव्यको क्रममा आफ्ना पिताद्वारा रचना गरिएको २ लाइन शुभकामना पद्य वाचन गर्नुभयो । साथै नगरपालिकाले  प्रज्ञाप्रतिष्ठान गठन तयारी गरिरहेको सन्दर्भमा मनोहरा साहित्य समाजले नगर प्रज्ञा प्रतिष्ठानको मातृसंस्थाको रूपमा भूमिका गरोस् भन्ने विचार पनि व्यक्त गर्नुभयो । 

रूपिका उपन्यासका स्रष्टा केशव घिमिरेले सृजनाको रचनागर्भ र प्रकाशनका जटिलताहरूसहित आफ्नो संक्षिप्त मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि जगत् उपाध्याय प्रेक्षितले असल कृति रचनाका लागि प्रतिभासँगै अभ्यास र व्युत्पत्तिको समेतकोआवश्यकता रहनेतर्फ संकेत गर्दै मनोहराज साहित्य समाजको समुन्नतिको कामना गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथिबाट मनराज साहित्य समाजका आजीवन तथा विशिष्ट सदस्यहरूलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो। भएको थियो। 

मनोहराको सयौं श्रृङ्खलाको रुपमा सञ्चालित उक्त कार्यक्रममा क्रमश: स्रष्टाहरू भावना न्यौपाने, बलराम विष्ट, प्रेमनाथ घिमिरे, वासुदेव पौडेल, सञ्जय सोती, डा. मधुसूदन लामिछाने, कृष्णप्रसाद पौडेल जस्ताघरे, मदनराज घिमिरे, कविराज घिमिरे, एन बी जनकपुरी, धरणी गुरागााईं, विद्या अनामिका तिवारी, दिनेशराज खरेल, सम्पत् काफ्ले, विजया बस्नेत, शारदा पराजुली, बुद्धिसागर पौडेल, अनन्तकुमार बस्नेत, चेवनकुमार बस्नेत ठूलाघरे, दुर्गाभवानी भट्ट, अप्सरा पोख्रेल, सूर्यप्रसाद डुम्रे, गङ्गाप्रसाद भेटवाल, नन्दकुमार सुब्बा(इलाम), लीलाराज दाहाल, नूरदेव खनाल, दीनानाथ पोख्रेललगायतले आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो। भने डा चिरञ्जीवी रेग्मी, गीता कार्की, सरिता तिमल्सिना, छत्रभूषण दाहाल, बखतबहादुर थापा ,छविलाल अधिकारी, अच्युतराज गौतम, टी पी बराकोटी, विष्णु चापागाईं, दीपक श्रेष्ठ, बाबु काजी कार्की, चैतन्य प्रधान, विष्णु खनाल, यशोदा कार्की, नरेन्द्रप्रसाद आचार्य, सुमन पुडासैनी मित्र, पं दामोदर खनाल, अर्पण अर्याल, कपिल अर्याल, भावरञ्जन बराल, रञ्जना सुवेदी, भावाञ्जली बराललगायतका साहित्यानुरागीहरूको समुपस्थिति रहेको थियो । कार्यक्रममा मनोहरा साहित्य समाजका उपाध्यक्ष जसध्वज गुरुङले धन्यवादज्ञापनसहित सभापतिको आज्ञाले सभा विसर्जन गर्नुभएको थियो।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *