समाचार

विद्यालय ब्यवस्थापन समितिकाे पूर्व अध्यक्ष भएकोले छाेरीलाई सामुदायिक विद्यालयमा भर्ना

बैशाख ८ साेमबार, २०८२
काभ्रेपलान्चोक । सरकारी तथा सामुदायिक सेवामा कार्यरत सेवा प्रदायकहरुले आफ्नो बालबालिका सरकारी स्कुलमा पढाउनु पर्ने माग उठिरहेको बेला मण्डन देउपुर नगरपालिकाका राम बहादुर तामाङले आफ्नो छाेरीलाई सरकार विद्यालयमा भर्ना गर्नु भएको छ।

उहाँले बनेपाकाे बाेडिङ स्कुलमा कक्षा सातमा पढिरहेकी छाेरीलाई चण्डेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा भर्ना गर्नु भएको हो । मण्डनदेउपुर नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै सरकारी कार्यालय,सामुदायिक संस्था लगायतमा काम गरिरहेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्ने भनेकाे छ।

नगरपालिकाकाे साेही सुचनाकाे पालन गर्दै राम बहादुर तामाङले आफ्नो छाेरीलाई सरकारी विद्यालय भर्ना गर्नु भएको हो । तामाङ कुनै सरकारी कर्मचारी हुनुहुन्न । तर उहाँले`उमाशह शिक्षालय माध्यमिक विद्यालय´मण्डन देउपुर १० काे व्यवस्थापन समितिकाे अध्यक्ष भएर सेवा गर्नु भएको थियो । तामाङले साे विद्यालयमा १६ वर्ष अध्यक्ष भएर विद्यालयकाे सुधारमा याेगदान गर्नु भएको थियो । गत साल मात्रै लामाले रत्न बहादुर तामाङलाई अध्यक्षकाे जिम्मेवारी हस्तान्तरण गर्नु भएको हो।

उहाँ भन्नुहुन्छ,` म कुनै सरकारी, सामुदायिक तथा गैरसरकारी संस्थामा छैन । तर सामुदायिक विद्यालय व्यवस्थापन समितिकाे पूर्व अध्यक्ष भएको नाताले नैतिक रुपमा आफ्नो छाेरीलाई सरकारी विद्यालयमा भर्ना गरेकाे हुँ।´नयाँ कामकाे सुरुवात आफैबाट हुनु पर्ने मान्यतालाई आत्मासाथ गर्दै आफुले छाेरीलाई बनेपाकाे चण्डेश्वरी मा.बि. मा भर्ना निर्णय गरेकाे उहाँको भनाइ छ।

विभिन्न माग राख्दै शिक्षकहरुकाे राजधानी केन्द्रित आन्दोलन जारी छ। विद्यार्थी भर्ना अभियान चलिरहेको समय शिक्षकहरुकाे आन्दोलनले शैक्षिकसत्रमा असर परेकाे छ। जिल्लाका बजार क्षेत्रमा भर्ना अभियान चलिरहेको भए पनि राेशीपारी र काेशीपारी सामुदायिक तथा सरकारी विद्यालयले खुलेका छैनन् । जिल्लाका मण्डनदेउपुर नगरपालिका र पनौती नगरपालिकाकाे एउटा वडाले सार्वजनिक सुचना जारी गर्दै सराेकारवाला पक्षले आफ्नो बालबालिका सरकारी विद्यालयमा पढाउन अनुराेध गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *