समाचार
राजावादीको आन्दोलन सफल हुदैन:- सांसद बास्काेटा

बैशाख १ साेमबार २०८२
काभ्रेपलान्चोक । नेकपा एमालेका सांसद तथा पाेलिटब्युराे सदस्य गाेकुल बास्काेटाले पत्रकारकाे हत्या गरि सुरु भएको राजावादीको आन्दाेलन सफल नहुने ठाेकुवा गर्नु भएको छ। आज साेमबार नयाँ वर्षकाे अबसरमा प्रेस चौतारी नेपाल काभ्रेले आयाेजना गरेकाे शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद बास्काेटाले यस्तो बताउनु भएको हो ।
संचारकर्मीका निम्ति २०८१ साल केही सुखद, केही दुखद समय रहेको स्मरण गर्दै उहाँले राजावादीले पत्रकारलाई ग्यास च्याम्बरमा राखेर हत्या गरे जस्तै निर्मम तरिकाले हत्या गरेकोमा दु:ख ब्यक्त गर्नु भयो । उहाँले भन्नू भयो,`राजतन्त्र आउदैन किनकि राजतन्त्र अब इतिहास भइसक्याे । इतिहास फेरि दाेहाेरिदैन्। उनिहरुले संचार क्षेत्रलाई निर्मम तरिकाले प्रयाेग गरे ।त्यो कदापि क्षम्य हुने छैन।अध्याराेमा पनि उज्यालो खाेज्ने पत्रकारहरुले सकारात्मक सन्देश प्रबाह गर्नु पर्छ।´त्यसैले सकारात्मकताकाे खाेजी गर्दै तथ्यमा रहेर सुचनाहरु उजागर गर्न नेता बास्काेटाले अनुराेध गर्नु भयो ।
पत्रकारहरुले नयाँ वर्षसँगै हरेक कुरा नयाँ हुने आशाकाे जागरणमा लाग्नु पर्ने सांसद बास्काेटाकाे भनाइ रहेको छ। लाेकतन्त्रकाे लडाइँमा पत्रकारहरुकाे अर्को दल थियो । त्यो दल, पत्रकार महासंघ हो । पत्रकार महासंघले गणतन्त्र र स्वान्तत्रताको लागि लडाइँ गरेकाे हो । अहिले केही तत्वहरु त्यही स्वतन्त्र अभिव्यक्ति खाेस्न भ्रमकाे खेति गर्न उद्दत भएका छन् । तिनकाे भ्रम चिर्न जरुरी छ। संचारजगतले सात दलसँग मिलेर अर्को एक दलकाे भूमिका निर्वाह गरि आठ दल भएर साथ दिएको उहाँले स्मरण गर्नु भयो ।
प्रेस चौतारी नेपाल काभ्रेका सदस्य स्वर्गीय रेख बहादुर रखालकाे परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

