समाचार

राजावादीको नाममा प्रदर्शन गर्ने लुटेरा समूह थिए:- युवासंघ सचिव शाह

चैत १६ शनिबार ,२०८१
काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालमा सचिव भेषराज शाहले शुक्रबार प्रदर्शनमा निस्किएका राजावादीकाे समुहलाई लुटेराकाे संज्ञा दिनु भएको छ।

हिजाे शुक्रबार भएको राजावादीको प्रदर्शनमा,प्रदर्शनकारीले आगजनी गर्नुका साथै घर र पसलकाट लुटपाट समेत गरेका थिए। उनिहरुले नेकपा एसकाे केन्द्रीय कार्यालय आलाेक नगरमा समेत ताेडफाेन गरि क्षति पुर्याएका थिए।

सचिव शाहले प्रदर्शनका क्रममा समाजवादी मोर्चाले पचासौँ हजार कार्यकर्ताको कार्यक्रम भब्य सभ्य रुपमा सम्पन्न गरेकाे जिकिर गर्नु भयो । उता राजधानीकाे तीनकुनेमा भने दुईचार हजार जनाले राष्ट्रिय झण्डा बोकेर राजावादिको नाममा राज्यकाे र व्यक्तिको सम्पति नष्ट गरेकाे भन्दै खेद प्रकट गर्नु भएको छ।

कराेडौंको क्षति गर्दै अरुको घर,पसल ,महल ,सरकारी कार्यलय लगायत बिभिन्न ठाउँमा लुटेरा शैलीमा कुनै वादि नभई यो व्यवहार चाेर,डाँका भएको संकेत हुन सक्ने ,शाहले टुकी न्युजलाई बताउनु भयो ।

उहाँका अनुसार,`अहिलेको यो २१ औँ शताब्दीमा अराजकताले समाजलाई प्रगतीको बाटो नभई कुबाटोमा लैजाने छ । लोकतन्त्रमा सबैले आ आफ्नाे आवाज सुन्न,सुनाउन पाईन्छ । तर चोरको शैलीमा अरुको मानहानी वा कुनैपनि क्षति पुर्याएर होइन् जनताद्वारा ल्याएको व्यवस्था जनताको र राष्ट्रिय हितमा जति राम्रो हुनुपर्ने हो त्यो हुन नसकेको स्विकार गर्नु भएको छ। ´

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *