समाचार

पत्रकार सुरेश रजककाे हत्या प्रती पत्रकार महासंघ काभ्रेको विराेध

चैत १६ शनिबार ,२०८१
काभ्रेपलान्चोक । नेपाल पत्रकार महासंघ काभ्रेले पत्रकार सुरेश रजककाे हत्या प्रती दु:ख व्यक्त गर्दै भावपुर्ण श्रद्धाञ्जली सभा गर्दै हत्याकाे विरोध गरेकाे छ। शुक्रबार राजावादीहरुले गरेकाे प्रदर्शनकाे रिपोर्टिङ गरिरहेकाे अबस्थामा आततायी समुहले लगाएकाे आगाेमा जलेर एभेन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजतकाे निधन भएको थियो ।

शनिबार काभ्रेकाे बनेपामा सञ्चारकर्मीहरुले विराेध सभा गरेका छन् साथै मृतक रजक प्रती श्रद्धाञ्जली व्यक्त गरेका हुन्। उक्त विराेध सभामा उपस्थित संचारकर्मिहरुले कालाेपट्टि बाँधेका थिए।

जुनसुकै आन्दोलनमा पनि आवाज दबाउन आन्दोलनरत पक्षले सधैं संचारमाध्यमलाई निशानामा पार्ने गरेकाे यथार्थलाई स्विकार गर्दै राजावादीहरुले गरेका यस्ता गतिविधिकाे निरन्तर विराेध गरिने नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनाेद कुमार न्यौपानेले बताउनुभयो ।

उहाँले, जे जति संचारगृहमा क्षति पुगेकाे छ। सुनियोजित तरिकाले संचारकर्मिकाे हत्या गरिएको छ ,त्यो जघन्य अपराध हो । राज्यले छिट्टै दाेषि पत्ता लगाई दाेषि उपर कार्वाही गर्न माग गर्नु भएको छ। साथै कलम जति दबाउने कोसिस गरिन्छ त्यति हाम्रा कलम नरोकिँने र पत्रकारका आवाज अझै बुलन्द हुनेछन् । अध्यक्ष न्यौपानेले उदघाेष गर्नु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *