समाचार
सरकार बारे बाेल्न नलगाउन रास्वपा सभापति लामिछानेकाे आग्रह

चैत ,८ शुक्रबार ,२०८१
काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले अब छिट्टै एउटा क्रान्ति हुने उदघाेष गर्नु भएको छ। आज अदालतमा उपस्थित हुने क्रममा संचारकर्मिहरुसँग कुरा गर्दै लामिछानेले यस्तो प्रतिक्रिया दिनु भएको हो ।
दुई ठुला दल मिलेर बनेकाे गठबन्धन सरकारकाे अौचित्य समाप्त भइसकेको भन्दै सरकारका बारे आफुले केही बाेलेमा हलचल हुने बताउनु भएको छ। सभापति लामिछानेले भन्नू भयो ,` सरकारका विषयमा बाेले गठबन्धन सरकार हल्लिन सक्छ । मलाई सरकारकाे बारेमा बाेल्न नलगाउनु हाेला । ´ उहाँले आफुलाई धेरै बाेल्न नलगाउन संचारकर्मिहरुलाई अनुराेध गर्नु भएको थियो ।
लामिछानेले नाङ्गिई सकेको सरकारकाे लाज छाेपिदिन अदालतमा उपस्थित भइदिएको प्रतिकृया दिनु भएको थियो । उहाँले जनतालाई क्रान्तिमा सहभागी हुन अब्हान पनि गर्नु भएको छ।


