समाचार
विश्वयुवा सम्मेलनमा ७५ देशका १० हजार युवाकाे सहभागीता रहने

चैत८, शुक्रबार २०८१
काभ्रेपलान्चोक । यही चैत १४ गतेदेखि सुरु हुने विश्वयुवा सम्मेलनकाे अन्तिम तयारी पूरा भएको छ। पाँच दिनसम्म चल्ने उक्त सम्मेलन काभ्रे जिल्लाकाे धुलिखेलमा अबस्थित काठमाडौं विश्वविद्यालयकाे प्राङ्गणमा हुने छ। सम्मेलनकाे उदघाटन चैत १४ गते`काठमाडौ विश्वविद्यालय´प्राङ्गणमा भव्य रुपमा हुने तयारी छ।
विश्वयुवा सम्मेलनमा दक्षिण एसियाका सार्क राष्ट्र लगायत पूर्वि एसियाका देशहरुकाे समेत सहभागीता रहने छ। साथै विश्वभरिबाट ७५ राष्ट्रलाई युवा सम्मेलनमा भाग लिन निमन्त्रणा पठाएको आयाेजक संस्था जिल्ला समन्वय समिति काभ्रेले जनाएको छ।
जिल्ला समन्वय समिति काभ्रेले संयाेजन गरेको कार्यक्रममा विश्वभरबाट १० हजार युवा सहभागी हुने आँकलन गरिएको छ। कार्यक्रममा वर्तमान विश्वमा देखिएका समस्याको उठान गरिने र त्यसकाे समाधानका विषयमा विज्ञहरु बीच अन्तरक्रिया तथा छलफल चलाइने छ।
विश्वमा युवाहरु माझ बढदै गएको चुनौती समाधानमा,विषय बिज्ञहरुसँगकाे याे छलफल काेशेढुङ्गा सावित हुने सम्मेलन आयोजक समितिका संयाेजक दिपक कुमार गौतमकाे विश्वास रहेको छ। उहाँका अनुसार साे कार्यक्रममा वर्तमान विश्वले सामना गरिरहेकाे जलवायु परिवर्तन ,बेरोजगारी, आप्रवासन, पर्यावरण ,सुचना- प्रविधि,स्वास्थ ,शिक्षा ,विज्ञान ,भूगाेल ,पर्यटन खेलकुद, महिला हिंसा , लागू अौषध र आतंकबादका विषयलाई उठान गरिने छ।
नेपालकाे पर्यटन प्रबर्दनमा युवा सम्मेलनले विषेश भूमिका खेल्ने गौतमले अपेक्षा गर्नु भएको छ। काभ्रेकाे पर्यटन ,कृषि ,उद्योग ,हाेटल व्यवसाय, कला- सँस्कृति,सम्पदा र पदमार्गकाे विकासमा थप टेवा पुग्ने छ।


