समाचार

राष्ट्रव्यापी गजल प्रतियोगितामा झापाका विनोद थापा “विद्रोही” सर्वोत्कृष्ट पुरस्कारद्वारा सम्मानित ।

केशब घिमिरे ,फागुन ११
मकवानपुर । नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय कार्यालय हेटौडाद्वारा आयोजित ‘दोस्रो नवसर्जक उत्सव` कार्यक्रम अन्तर्गत राष्ट्रव्यापी गजल प्रतियोगीतामा पुर्व झापाका गजलकार विनोद थापा “विद्रोही” सर्वोत्कृष्ट पुरस्कारद्वारा सम्मानित भएका छन ।

३९ गजलहरु मध्ये सात प्रदेशबाट उत्कृष्ट ७ गजलहरु छनोट गरि गत १० गते हेटौंडा उपमहानगरको भुटनदेवी मा.वि.मा भएको गजल बाचन प्रतियोगितामा प्रतियोगी मध्य उत्कृष्ट वाचनका साथ शिर्ष स्थानमा “विद्रोही” को गजल पर्न सफल भएको हो । गजलको लेखन तर्फ ९० अंक र वाचन तर्फ १० गरि १०० पुर्णाङकको यस प्रतियोगितामा थापाले सर्वोत्कृष्ट भइ पुरस्कार राशी नगद रु ७०००/ सहित प्रमाणपत्रद्वारा आयोजकले सम्मान गरेको छ ।

नयाँ तथा प्रतिभावान साहित्यकारलाई हौसला प्रदान गर्ने उद्देश्यले सम्पन्न गरिएको उक्त समारोहमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको मुख्य उपस्तिथि रहेको थियो । उक्त समारोहमा नेपालका विभिन्न प्रदेशबाट साहित्यिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएका स्रष्टाहरूलाई समेत सम्मान गरिएको थियो। अग्रज स्रष्टाहरूको सूचीमा कोशी प्रदेशबाट चिन्तामणि निरौला, मधेश प्रदेशबाट सरोजप्रसाद शाह, बागमती प्रदेशबाट केशव घिमिरे, गण्डकी प्रदेशबाट रोशन तिमल्सिना, लुम्बिनी प्रदेशबाट निशा पाण्डे, कर्णाली प्रदेशबाट शिवराज शाही, र सुदूरपश्चिम प्रदेशबाट सुनिल बुढा ‘कछुवा’ सम्मानित भएका छन्।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्राध्यापक डा. चुडामणि बन्धु उपस्थित थिए। उनले नवसर्जक साहित्य चौतारीले गर्दै आएको योगदानको प्रशंसा गर्दै नेपाली साहित्यको प्रवर्द्धनमा यस्ता सम्मान र पुरस्कारले ठूलो भूमिका खेल्ने बताए।

कोशी प्रदेश कमल गाउँपालिका वडा नम्बर १ स्थायी बासी भएका र हाल दमक नगरपालिका ५ मा बस्दै आएका गजलकार विनोद थापा “विद्रोही” विगत ६ वर्षदेखि साहित्य सिर्जनामा सक्रिय छन्। तीन वर्षअघि प्रकाशित उनको संयुक्त गजल संग्रह “जूनतारा” साहित्य समाज उनको जीवनको पहिलो कृति हो । नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका थापा गित ,गजल, मुक्तक ,कवितामा अत्यन्तै धेरै सक्रिय छन् भने उनका धेरै जसो गजल मुक्तकहरु लोकप्रिय समेत बन्दै आएका छन । सानै उमेरदेखि गाउन लेख्न र अभिनयमा अत्यन्तै रुचि राख्ने उनी अहिले ब्याचलर प्रथम वर्षको अध्ययनक साथै पत्रकारितामा व्यस्त छन । उनी मानुसी मिडिया हाउसको प्रमुख सम्पादकीय भूमिकाकामा छन । उनले गरेका फिल्ड रिपोर्टिङ ,अन्तरवार्ता, पोडकास्टहरु FDC HD FDC Online tv युटुव र फेसबुकलगायत अन्य सामाजिक संजालमा प्रशस्त मात्राम भेटिन्छ्न ।

सानै उमेरमा एक पछि अर्को सफलता खोज्दै र चुनौतीको सामना गर्दै अगाडी बढेका उनले कमल गाउँपालिका स्तरीय बाल संजालको अध्यक्ष हुँदै जिल्ला बाल संजालको सचीव भएर लामो समय बालबालिका र बालमैत्री अभियानमा समेत काम गरिसकेका छन । हाल उनी अध्यक्ष रहेर काम गारेको पालिका कोशी प्रदेशकै पहिलो बालमैत्रीपुर्ण पालिकाका रुपमा घोषणा भैसकेको छ । यसरी हेर्दा विभिन्न क्षमता र प्रतिभाले भरिपुर्ण थापा पछिल्लो पुस्ताका संभावना नै संभावना बोकेका सम्भावित स्रष्टा, सर्जक र साहित्यकार हुन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *