समाचार
आउटसाेर्समा काम गर्ने श्रमिककाे ६० बर्षे उमेर हद कायम

माघ३ बिहीबार ,२०८१
काठमाडौ । सरकारले ल्याएकाे अध्यादेशमा आउटसाेर्समा काम गर्ने मजदुरकाे ५८ वर्ष उमेर बढाएर अब ६० वर्षसम्म काम गर्न पाउने गरि श्रम ऐन २०७४ संशाेधन प्रस्ताब पठाएको छ। नेपाल सरकारमा कार्यरत कर्मचारीले सरह अन्य श्रमिकले पनि ६० बर्षसम्म सेवा गर्न पाउने भएका छन् ।
नेपाल सरकार राजपत्र प्रमाणीकरण २०८१ पुस २९ गते प्रकाशित सुचना अनुसार श्रम ऐन २०७४ मा संशोधन भएको बुझिएको छ। उक्त संशोधन प्रस्ताबमा `श्रम ऐन २०७४ को दफा १४७ को ठाउँ ठाउँमा रहेका “अन्ठाउन्न वर्ष” भन्ने शव्दहरूको सट्टा “साठी वर्ष” भन्ने शब्दहरू राखिएका छन्।
श्रमिक संगठनहरुले खरिद ऐन लगायत कानुनसँग बाझिने श्रम ऐन खारेजी तथा संशाेधनकाे माग गरिरहेका थिए। पुस १३ गते काठमाडौमा पत्रकार सम्मेलन गरि नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनले उठाएका ९ वटा माग मध्ये ५८ बर्ष उमेर हद बढाएर ६० बर्ष पुर्याएकाे छ।
नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनका अध्यक्ष प्रेम बहादुर कार्कीका अनुसार ,` हामीले उठाएकाे एउटा माग सम्बाेधन भएको छ। हाम्रो माग बमोजिम श्रम ऐन २०७४ संशोधन भएकोमा खुशी छौ ।´ अबकाे दिनमा बाँकी कानुनसँग बाझिने ऐन संशाेधन र खारेज हुने विश्वास कार्कीले व्यक्त गर्नु भएको छ।


