समाचार
रविको समर्थनमा चितवनमा मात्र नभइ कपिलवस्तुमा पनि उर्लिए कपिलबस्तुबासी
कपिलवस्तु । कपिलवस्तुमा स्वर्गीय पत्रकार शालिकराम पुडासैनी प्रकरणमा रवि लामिछानेका समर्थकहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले शिवराज नगरपालिका चन्द्रौटा बजारमा प्रदर्शन तथा र्याली निकालेका हुन ।
यसो त अहिले चितवन र कपिलबसतुमा मात्र नभइ देशभर नै रवि सर्मथकहरुले प्रदर्शन गरिरहेका छन् । युवाहरूले रवि लाई न्याय दे लेखिएका पम्पप्लेट सहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनपछि भएको कोण सभामा बोल्ने वक्ताहरूले सच्चा देशभक्त पत्रकारलाई फसाउन खोजेको भन्दै उनको रिहाइको माग गरेका थिए । पर्दशनकारीले रवि लामिछानेले न्याए पाउनु पर्ने माग राखेका थिए । आज केही बेर अघिमात्र रवि सहित तिनै जनालाई जिल्ला अदालत चितवनमा लगिसकिएको छ ।



