समाचार
नहरमा डुबेर बालकको मृत्यु
सुनसरी / सुनसरीको हरिनगरा गाउँपालिका-२ का अकबल मियाको १२ बर्षीय छोरा तोसिब मियाको नहरमा डुबेर मृत्यु भएको छ । आईतवार दिउँसो सवा ३ बजेको समयमा मियाका छाेरा चिप्लिएर नहरमा डुबेका थिए । नहरमा डुबेर घाईते भएका बालकलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाएकोमा उपचारकै क्रममा दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


