समाचार

प्रेस स्वतन्त्रता दिवसकाे अबसरमा प्रभातफेरी साथै स्वास्थ परीक्षण

बैशाख२० शनिबार ,२०८१
काभ्रेपलान्चोक । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसकाे अबसरमा प्रभातफेरी र्यालि गर्नुका साथै नसर्ने राेगकाे स्वस्थ्य परिक्षण गरेकाे छ।

शनिबार बिहान बनेपाकाे चारदाेबाटाेबाट र्यालि गर्दै जिल्ला सहकारी संघकाे कार्यालयका स्वस्थ्य परिक्षण गरिएको थियो ।प्रभातफेरीमा महासंघका पुर्व अध्यक्षहरु, जिल्लामा कृयाशिल संचारकर्मीहरुकाे उपस्थित रहेको थियो ।

कार्यक्रममा अध्यक्ष विनोदकुमार न्यौपानेले अहिले पनि विभिन्न बहानामा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने काम भइरहेको भन्दै त्यसलाई रोक्न सम्वद्ध सबै पक्षलाई आग्रह गर्नु भयो ।

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको प्राविधिक सहयोग, जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको सहयोगमा भएको कार्यक्रममा५१ जनाको मधुमेह, रक्तचाप, मृगौला सम्बन्धी रोगको स्क्रिनिङका साथै उचाइ र तौलको अनुपात (विएमआई) मापन गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेका फोकल पर्सन पद्मराज कैनीले जानकारी दिनुनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *