समाचार

नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन भक्तपुर जिल्ला कमिटी गठन,अध्यक्षमा नवराज तामाङ

पुस२० शनिबार ,२०८१
भक्तपुर । नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन जिल्ला शाखा भक्तपुरले प्रथम भेला सम्पन्न गरेको छ। आज शनिबार भक्तपुरमा एक कार्यक्रम गरी नवराज तामाङकाे अध्यक्ष्ातामा १६ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा वेद प्रसाद पराजुली, सचिव अर्जुन कार्की ,काेषाध्याक्ष महेन्द्र बुढाथाेकी र सहसचिव भिम बहादुर महतरा चयन हुनु भएको छ भने सदस्यहरुमा क्रमश राजेन्द्र चौगुठी ,राज कुमार कार्की , राजेश श्रेष्ठ ,विशाल भट्टराई , दिपक दुलाल ,दिलिप रञ्जितकार ,नवराज श्रेष्ठ ,जनक बाेहारा ,गाेकुल खत्री र कुमारी तामाङ रहनु भएको छ।

उक्त भेलाबाट चयन हुनु भएका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनका अध्यक्ष प्रेम बहादुर कार्कीले भक्तपुरमा मजदुरलाई संगठित गर्न नसकेकोमा चिन्ता लागेकाे बताउँदै सुरक्षा श्रमिकहरुलाई एकीकृत गराउन पाएकाेमा खुशी व्यक्त गर्नु भयो । उहाँले,` श्रमिकहरुले राेजगारदाताबाट पीडीत भइरहँदा संगठनले न्याय दिलाउन सहयोग गर्ने बताउनु भएको थियो । कार्कीले, श्रमिकहरु समस्यामा पर्दा न्याय दिलाउन नसके भक्तपुरमा नटेक्ने बताउदै भुई मान्छेकाे आबाज उजागर गर्नु संगठनकाे उदेश्य रहेको धारणा राख्नु भयाे।´

नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन महासचिव वेद प्रसाद हुमागाँईले भक्तपुरका केही राेजगारी प्रदान गरेका संस्थामा कार्यरत सुरक्षा र सरसफाइकाे काम गर्ने श्रमिकलाई संगठनमा जाेडन सकेकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले आफ्नो हक हितका लागि खटेर काम गर्न निर्देशन दिदै नियम विपरीत लागेका राेजगारदाता कम्पनीको विरुद्ध संगठनले लड्ने प्रष्ट पार्नु भयो ।

नेपाल आउटसाेर्स महासंघका महासचिव पूर्ण बहादुर थापाले संचालन गर्नु भएको कार्यक्रममा डिक बहादुर तामाङले स्वागत मन्तव्य राख्नु भयो। यस्तै नेपाल आउटसाेर्सका बागमती प्रदेश अध्यक्ष गणेश लामाले मजदुर एकताकाे जरुरी भएको भन्दै सरकारले निर्धराण गरेको न्युनतम पारिश्रमिक लागू गराउन जाेड दिदै संगठनले काम गर्ने बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *