समाचार

घन्टामा १५ सयवटा स्मार्ट लाइसेन्स छाप्न सक्ने मास प्रिन्टर आयो !

काठमाडौँ । सेवाग्राहीहरुको स*मस्यालाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छाप्ने नयाँ मा*स प्रिन्टर खरिद गरेको छ।स्मार्ट लाइसेन्स छाप्ने काम छिटो तथा छरितो ढंगले गर्न विभागले मद्रास प्रिन्टर प्रालि मार्फत इटाली को माटिका कम्पनीको स्मार्ट कार्ड मा*स प्रिन्टर खरिद गरी विभागमा भित्र्याएको हो ।विभागले करिब ४ करोड ९७ लाख रुपैयाँ बरावर मूल्यको मा*स प्रिन्टर ल्याएको जनाएको छ ।

यसले एक दिनमा करिब १० हजार स्मार्ट लाइसेन्स (चालक अ*नुमति पत्र) छाप्न सक्ने विभागले जनाएको हो । बुधबार नै वि भागमा भित्रिएको प्रिन्टरले प्रतिघण्टा चार सय पचास स्मार्ट लाइसेन्स छाप्न सक्ने यातायात व्यवस्था विभागका इञ्जिनियर केशवराज गौतमले बताए ।‘पहिलेका प्रिन्टरहरु प्रति घण्टा ५० वटा जति कार्ड छाप्थे’ उनले भने-‘त्यसले पनि सेवाग्राहीको माग अनुसारको काम भएको थिएन, यो मा*स प्रिन्टर आइसके पछि सेवाग्राहीको मा*गहरु समयमै स*माधान गर्न सकिन्छ ।’

उपकरण र प्राविधिक आएपछि त्यसको जडान शुरु गरी नियमित कार्यमा जाने विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । उनले प्रिन्टरलाई नि*यमित कार्यमा लैजानका लागि कम्तिमा एक महिना लाग्ने बताए । सूचना अधिकारी खनालले अहिले भइरहेको समस्यालाई म*ध्यनजर गरी मा*स प्रिन्टर ल्याएको बताउँदै यसले स्मार्ट लाइसेन्स वितरणमा भइरहेको ढि*लासुस्ती कम हुने जानकारी दिए ।

सरकारले गत वर्ष ग्लोबल बोलपत्रमार्फत प्रिन्टर खरिद प्रक्रिया अघि बढाएको थियो ।यातायात व्यवस्था विभागका अनुसार स्मार्ट लाइसेन्स वितरण शुरु गरेदेखि हाल सम्म १० लाख स्मार्ट लाइसेन्स वितरण गरिएका छन् । देशभर दैनिक ५ हजार स्मार्ट लाइसेन्स माग भइरहेको अवस्थामा विभागले भने दैनिक ८ सय स्मार्ट लाइसेन्स आ*पूर्ति गर्न पनि स*कस भइरहेको छ । लाइसेन्स नयाँ न*वीकरणका लागि दैनिक हजारौं आवेदनहरु आएपनि विभागसँग त्यति आ*पूर्ति गर्न सक्ने क्ष*मता नहुँदा सेवाग्राहीहरु स*मस्यामा भोग्दै आए का छन् ।

विभागमा अहिले सञ्चालित ७ वटा उपकरणहरुले स्मार्ट लाइसेन्स छाप्ने काम भइ रहेको छ । तर, यसले सेवाग्राहीको माग आ*पूर्ति गर्न नसकेपछि गत वर्ष मास प्रिन्टरको लािग टेन्डर आ*ब्हान गरेको थियो । देश भरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमति पत्र छपाई यातायात व्यवस्था विभागले गर्दै आएको छ । विभागले उपत्यकाका तीन यातायात कार्यालय हरुबाट वि.स २०७२ बाट स्मार्ट लाइसेन्स दिन शुरु गरेको हो भने देशका अन्य यातायात कार्यालयबाट भने वि.स २०७४ मंसिर बाट शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *