समाचार
रमेश नाथ खनालद्वारा लिखित पुस्तक,`युद्धमा बिलाएकाे सपना ´

कार्तिक ७ बुधबार ,२०८१
काठमाडौ । वरिष्ठ चित्रकार तथा साहित्यकार रमेश नाथ खनालकाे नयाँ कृति `युद्धमा बिलाएकाे सपना ´लघुकथा सार्वजनिक हुने भएको छ। खनालद्वारा लिखित लघुकथामा ३१ वटा कथाहरु समेटिएका छन् ।
उहाँका थुप्रै पुस्तकहरु प्रकाशित छन् । ती मध्य `युद्धमा बिलाएकाे सपना ´ पनि एक हो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य समेत भइसक्नु भएका खनाल रंग र कलामा खेल्न मन पराउनु हुन्छ। काठमाडौमा उहाँले अरुपण आर्ट ग्यालरी संचालन गर्नु भएको छ। उक्त ग्यालरीमा एकल र सामुहिक चित्र प्रदर्शनि हुने गरेकाे छ। साथै ललितकलाका विद्यार्थीलाई पढाउनु पनि हुन्छ। उहाँको ग्यालरीमा विद्यार्थीले कक्षा लिने ब्यवस्था रहेको छ।
यसबाहेक कलासम्बन्धी उहाँले लेख्नुभएका कृतिहरूमा कला मन्थन, विश्वप्रसिद्ध कला र कलाकार, नेपालका प्रसिद्ध कलाकार, चन्द्रमानसिंह मास्के, विश्व प्रसिद्ध कला र कलाकार, कला श्रष्टा, विश्वप्रसिद्ध कलाकार माइकल एन्जेलसँग साक्षात्कार, विश्वप्रसिद्ध ग्यालरीभित्र फन्को मार्दा, कलाचिन्तन कला संस्मरण, विश्वप्रसिद्ध महान कलाकार भ्यानगग, अमूर्तकला, कलाका योद्धा मास्टर जीवरत्न शाक्य आदि कलासम्बन्धी उहाँका प्रकाशित कृतिहरू हुन् ।
उक्त लघुकथा `युद्धमा बिलाएका सपना´ संङ्गग्ह तिहार लगत्तै लघुकथा समाजले एक कार्यक्रममा विमाेचन गरि सार्वजनिक गरिने उहाँले जानकारी दिनु भयो ।

