बागमती प्रदेशले अन्तरप्रदेश खेलकुद प्रतियाेगिता गर्ने :- मुख्य मन्त्री जमरकट्टेल

+
-

पुस २७ शुक्रबार ,२०८०
काभ्रेपलान्चोक । बागमती प्रदेशका मुख्य मन्त्री सालिकराम जमरकट्टेले राज्य पुनर्संरचना पछि  बागमती प्रदेशमा खेलकुदले विकासमा फड्को मारेको बताउनुभएको छ। आज काभ्रेको बनेपामा जिल्ला खेलकुद विकास समितिकाे नवनिर्मित भवन उदघाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्य मन्त्री जमरकट्टेले संघीयता पछि प्रदेशले सामाजिक विकास मन्त्रालय अन्तरगत रहेकाे खेल जगतलाई टेवा पुग्ने  खेलकुद ऐन बनाइएको  र प्रदेश खेलकुद विकास परिषद गठन गरिएकाेले खेलकुदमा केही विकास भएको प्रष्ट पार्नु भएको हो ।

मुख्यमन्त्री जमरकट्टेले आगामी दिनमा प्रदेशले अन्तर प्रदेश खेलकुद प्रतियाेगिता गर्न लागेकाे खुलासा गर्नु भयो ।उहाँले भन्नुभयो ,” अब बागमती प्रदेशले फाल्गुन २४ गतेबाट अन्तरप्रदेश खेलकुद प्रतियाेगिता गर्न लागेकाे छ । साे प्रतियाेगिताले  प्रदेशकाे खेलकुद विकासमा टेवा पुग्नु उहाँले विश्वास व्यक्त गर्नु भयाे । “

खेलले  राजनितीक ,अार्थिक ,सामाजिक , साँस्कृतिक पक्षलाई समेटने हुनाले पनि स्वास्थकाे लागि खेल ,राष्टकाे लागि खेल भनिएको हो । खेलकुदलाई राम्रो बनाउदै लैजान विद्यालयमा आवसिय सहितकाे व्यवस्था गर्न पहल गरिएको बताउदै माध्यामिक तहमा खेललाई अनिवार्य बनाउने उदेश्यले विज्ञहरुकाे सुझाव लिइ सकिएकाे बताउनु भयो ।

जिल्लाकाे १५ अौ राष्ट्रपति रनिङशिल प्रतियाेगिता ३ दिन सम्म चल्ने छ। तेर्हैवटा पालिकाबाट खेलाडीहरुकाे सहभागीता गराइने  जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर लामाले जानकारी गराउनु भएको छ।  प्रतियाेगितामा ६ वटा विधाका  ९५० जना खेलाडी बीच प्रतिस्पर्धा गराइने छ।