नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको काेषाध्यक्षमा दिपक थापा

+
-

पुस ११ मंगलबार ,२०८०
काभ्रेपलान्चोक ।  नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको काेषाध्यक्षमा दिपक थापा निर्वाचित हुनु भएको छ।  संस्थाकाे ३२ औं साधारण सभाबाट थापा  कोषाध्यक्ष पदमा निर्वाचित हुनु भएको हो ।

काठमाडौंमा भएको अधिवेशनबाट केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल ,वरिष्ठ उपाध्यक्ष  दामोदर अधिकारी,महिला उपाध्यक्ष  शान्ति अधिकारी ,महासचिव  घनश्याम अधिकारी र कोषाध्यक्ष दीपक थापा निर्वाचित हुनु भएको छ।

काभ्रे जिल्लामा सहकारी क्षेत्रमा अमुल्य याेगदान पुर्याउनु भएका थापा सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौतीकाे संस्थापक सदस्य हुनु हुन्थाे । उहाँ एक दुरदर्शि ,खरो स्वाभाव  र  अकाट्य निर्णय लिन सक्ने  क्षमतावान ब्यक्तित्वका रुपमा चिनिनु हुन्छ। उहाँले थुप्रै समाजसेवा र मानव उद्दारका कामहरु गर्नु भएको छ।