समाचार

मन्त्री किराँतीले दिए स्पस्टिकरण

पुस ५ बिहिवार ,२०८०

काठमाडौं । क्रिष्‍टियन धर्म मान्दिन भन्नेहरूलाई जेल हाल्नु पर्छ भन्ने विवादित संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले  स्पस्टिकरण दिनु भएको छ। आफ्नो पछिल्लो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि मन्त्री किराँतीले प्रस्टीकरण दिनु भएको हो ।

उहाँको अभिव्यक्ति पछि धर्मकाे विषय बहसमा आएको भन्दै सामाजिक संजाल मार्फत  सबैलाई धन्यवाद दिनु भएको छ। उहाँले ,”सामाजिक सञ्जालमार्फत संविधानको पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गर्न र अतिवादलाई परास्त गरि राष्ट्रिय एकता कायम गरौं भन्ने आफ्नो जोड रहेको बताउनु भएको छ ।”

मन्त्री किराँतीले अहिले आफू सबैको अभिभावक रहेको र हिन्दु, बुद्धिष्ट, मुस्लिम, क्रिष्‍टियन लगायत सबै धर्मको समान गर्ने प्रस्ट पार्नु भएको छ।

उहाँले प्रभुलाई सम्मान गर्ने र प्रधानमन्त्री प्रचण्डले त्यो भन्दा बढि  सम्मान गर्ने बताउदै नेपालमा क्रिष्‍टमस नमान्नेले संविधान नमानेको ठहर्ने र त्यस्तालाई जेल हाल्ने चेताबनी दिनु भएको थियो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *