समाचार
मुरहरि रायमाझीकाे छन्द कविता :- `दारु र सोह्र भाइ´

‘दारु र सोह्र भाइ’
फुर्ती निकालीकन दारु खाइ
लायो मितेरी सित सोह्र भाइ।
ठोकेर छाती घरखेत हान्यो
र दाउ हारे पछि बुद्धि जान्यो।।१
पिटेर छाती पछुतो मनायो
जहान जोगीसरि नै बनायो।
भो रोडबासी दरबारबाट
त्यो चञ्चलाश्री त मसानघाट।।२
‘ अस्तु’
_मुरहरि रायमाझी
छन्द: उपजाति


