समाचार

कार्यविधि विपरीत खटाएका सुरक्षाकर्मी फिर्ता गर्न गृहकाे निर्देशन

पुस ,१२

काठमाडौँ । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले कार्यविधि विपरीत व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिनुभएकाे छ ।

 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज निकालेको विज्ञप्तिमा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत खटाइएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन जारी गरिएको छ ।

 

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अङ्गरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको छ । तर त्यस विपरीत कार्यविधि मिचेर सुविधा दुरुपयोग गरिएको भनी बारम्बार प्रश्न उठने गरेको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *