समाचार
अझै पनि प्रेस स्वतन्त्रताको अनुभुति गर्न पाइएको छैन -अध्यक्ष पाेखरेल

पुस ,२
काभ्रेपलान्चोक । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पाेखरेलले गणतन्त्रमा पनि प्रेस स्वतन्त्रताको अनुभुती हुन नपाएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाले आयोजना गरेको ३०अौ स्थापना दिवसको अवसरमा बनेपामा सम्बाेधन गर्दै अध्यक्ष पाेखरेलले संचार सम्बन्धि कानुनको मस्यौदा गलत तरिकाले ल्याएर प्रेस माथि अंकुश लगाउन खाेजिएकाे बताउनु भएको हो । पाेखरेलले भन्नुभयो ” गएको ५ वर्षमा पटकपटक संसदबाट प्रेसलाई नियन्त्रण गर्न सक्ने कानुन ल्याउन खाेजियाे तर सबैको साथ सहयोगमा राेक्ने काम भयो ।” अबकाे नवनिर्वाचित संसदमा काभ्रेका नेताहरुले संचार स्वतन्त्रताकाे पक्षमा वकालत गरि प्रेसमैत्रि कानुन बनाईदिन उहाँले अनुराेध गर्नु भएकाे छ।
उहाँले भन्नुभयो “बाग्मति प्रदेशकाे सहयोगमा स्थापना हुने आमसंचार प्रशिक्षण केन्द्र काभ्रेमा बन्ने छ । त्यसका लागि हामीले पहल गरिरहेका छौ। जनप्रतिनिधिहरुले पनि हाेष्टेमा हैसे गरिदिनु हाेला । किनभने यहाँ बन्ने संस्थाले काभ्रेका साथिहरुकाे याेग्यता , क्षमता, दक्षता वृद्वि गर्न सहयोग पुग्ने छ । “
अब केन्द्रीय साधरण सभा हुन्छ त्यस भन्दा पहिला जिल्ला र प्रदेशकाे हुन जरुरी छ । त्यसकारण काभ्रे शाखाले साधरण सभा गरेको छ शुभकामना दिन चाहान्छु । र, यहाँ गरिएका छलफल र निर्णयले सार्थक रुप पाओस , अध्यक्ष पाेखरेलले भन्नुभयो ।
