समाचार

लोकसेवाको तयारी गरिरहेका विद्यार्थीमाथि प्रहरीको यस्तो हर्कत , सरकारी जागिर खान खोज्दा यस्तो तनाब

काठमाडौँ । लोकसेवाको आवेदन फारम भर्न नपाएकै भन्दै लोकसेवाको कार्यालय आगडि प्रदर्शन गरेका विद्यार्थीहरूलाई प्रहरीले दमन गरेको छ । लोकसेवाको आयोगको फारम भर्ने सर्भरमा समस्या देखिएपछि फारम भर्न नपाएको भन्दै विद्यार्थीहरूले आन्दोलन गरेका हुन् ।आन्दोलित विद्यार्थीहरूमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको कुटाईबाट एक विद्यार्थी बेहोस भएकी छन् भने दुई जना पक्राउ परेका थिए । पक्राउका हरुलाई आधा घण्टापछि प्रहरीले विना सर्त रिहा गरेको छ । महिला विद्यार्थीमाथि पुरुष प्रहरीले नै हातपात गरेको भन्दै विद्यार्थीहरूले प्रहरीविरुद्ध नारबाजि समेत गरे ।

किन अनलाइन प्रणाली बन्द गर्नु पर्ने, कि त, अनलाइन प्रणालीमा समस्या नआनउनुपर्नेु विद्यार्थीहरूको माग छ।आन्दोलनरत उर्मिला क्षेत्रिले भनिन्,पहिलाकै जस्तो कागजी फारम खुलायो भने हामी रातको १२ बजेसम्म पनि लाइन बसेर फारम भर्ने तयार छौँ।आफ्नो क्षमताले देखाएर जागिर खान आउँदा प्रहरीको लाठी खान परेको समेत विद्यार्थीहरुले गुनासो गरेका छन् । न्युज २४ सँग कुरा गर्दै उर्मिलाले भनिन्( ुकसैको गुलामी गर्न आएका हैनौँ हामी, कसैको खुट्टा समाएर जागिर खान आएका हैनौं, आफ्नो क्षमताले देखाएर जागिर खान आएका हौँ, तर यहाँ प्रहरीको लाठी खानुपर्‍यो, हामी पनि बेजोरगारि भएका आएका हौ‌ं, मास्टर डिग्री पास गरेर पनि कहिलेसम्म बेरोजगारी बस्ने ?

हिजो सोमबार पनि लोकसेवा आयगले सर्भरले काम नगरेको भन्दै आवेदन फारम भर्न आएका विद्यार्थीहरुलाई आश्वासन दिएर फर्काएको उनले बताइन् । उनले भनिन्, हिजो पनि हामी आएका थियौँ, तपाइहरू एक छिन कुर्नुहोस् डेढ घण्टापछि सूचना आउँछ भन्नुभयो, डेढ घण्टापछि सूचना त जारी गर्नुभयो तर हस्ताक्षर र चलनि नम्बर नै थिएन ।यसैबीच लोकसेवा आयोगले आवेदन फारम भर्ने मिति एक हप्ताको लागि थप गरेको छ । आज अर्थात असार ३ गतेसम्म अन्तिम म्याद भनिएकोमा मंगलबार नै बसेको आयोगको बोर्ड बैठकले असार १० गतेसम्म म्याद थप गर्ने निर्णय गरेको सुचना अधिकारी डिल्ली सुवेदीले जानकारी गराए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *